शुक्रबार, बैशाख १४, २०८१

मुस्ताङमा नेपाली काँग्रेसका उम्मेदवार थकाली निर्वाचित

काठमाडौं मंसिर ५ ,
आइतवार भएको आम निर्वाचन अन्र्तगत मुस्ताङमा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्यका काँग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अवको केहि क्षणमा आफ्नो उम्मेदवारीलाइ जितमा परिणत गर्ने भएको छ ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार ५ हजार ८२० मत गणना गरी सक्दा नेपाली काँग्रेसको रुख चुनाव चिन्हमा ३ हजार १५६, नेकपा एमालेको सूर्य चुनाव चिन्हमा २ हजार ५२१, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हमा ६६, राप्रपा नेपालको तिर चुनाव चिन्हमा ६ र बदर ७१ मत प्राप्त गरेको थाहा भएको छ।