शनिबार, बैशाख ८, २०८१

काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार सिंहको शुरुआती अग्रता

 काठमाडौं मंसिर ५ ,
आइतवार भएको आम निर्वाचन अन्र्तगत नयाँ वानेश्वरस्थित संसद् भवनमा भइरहेको काठमाडौं १ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले शुरुआती अग्रता लिएका छन् ।
आज बिहान ९ बजेबाट शुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ३२६, राप्रपाका रवीन्द्र मिश्रले २८९ र एमालेका किरण पौडेलले १८६ मत पाएको हाम्रा सहकर्मीले जनाएको छ।