शनिबार, बैशाख १५, २०८१

मंसिर ४ को निर्वाचनले मुलुकको संविधानलाइ थप मजबुत बनाउने महासंघको विश्वास

  • पत्रकारको सुरक्षामा विशेष ध्यान दिन पनि सरकारसँग आग्रह

  • निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गर्दै निर्वाचनको समाचार संकलन र संप्रेषण गर्ने कार्यमा जुट्न समेत आहृवान

काठमाडौं मंसिर ३ ,
नेपाल पत्रकार महासंघलेआइतवार सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउने विश्वास लिएको छ ।

त्यस्ते महासंघले मुलुकमा संविधानसभाबाट संविधान जारी भएसँगै दोस्रो पटक हुनगइरहेको निर्वाचनको सुखद् घडीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासनका पक्षधर आमनेपाली सञ्चारकर्मीहरूको तर्फबाट महासंघ निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहितढंगबाट सम्पन्न होस भन्ने शुभकामना समेत व्यक्त गरेको छ।

साथै महासचिव रोसन पुरीले जारीविज्ञप्तिमार्फत निर्वाचनको दिन आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्वाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण निर्माण गर्न तथा मतदान लगत्तै हुने मतगणनाको सहज र सरल तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन र निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सहजढंगबाट चल्न दिन निर्वाचन आयोग र सरकारसँग मागगर्दै निर्वाचनको क्रममा सबैखाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन पनि सरकारसँग आग्रह गरेको छ ।

त्यस्ते जारी विज्ञप्तिमा निर्वाचनका बेला महासंघका सबै सदस्यहरू तथा सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गर्दै निर्वाचनको समाचार संकलन र संप्रेषण गर्ने कार्यमा जुट्न समेत आहृवान गरेको छ ।