बुधबार, बैशाख १२, २०८१

मंसिर ४ का दिन आफ्नो मताधिकारको प्रयोग गर्न आयोगको अपिल [भिडियो सहित]

 काठमाडौं मंसिर ३ ,
आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यका सहित देशैभर सम्पूर्ण तयारी पूरा गरी मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ हुने क्रम भइरहेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै आयोगले आइतवार सम्पन्न हुने निर्वाचनमा कुनै पनि डर, त्रासमा नपरी निर्धक्क भएर प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभा सदस्य तर्फ दुई गरि आफुलाइ मन परेको दल वा उम्मेदवारको पक्षमा मत जाहेर गर्नका लागि मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्दै शान्ति सुरक्षाको पूर्णरूपमा सुनिश्चितता रहेको जनाएको छ।

साथै मङ्सिर १ गतेदेखि नै मदिरा तथा मादकपदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको र निर्वाचनको दिनसम्म कहीँकतै मदिरा बिक्री वितरण गर्न नपाइने र मतदान सकिएपछि मतगणना नसकिएसम्म मतगणनास्थल आसपास मदिरा बिक्री वितरण गर्न निषेध गरिएको जानकारी दिदै निर्वाचनको दिन कुनै पनि केन्द्रमा उच्छृङ्खल तथा निर्वाचन आचारसंहिताविपरीतका कार्य भए तत्काल नियन्त्रणमा लिएर कारबाही गरिने जनाएको छ ।