शनिबार, बैशाख १५, २०८१

महानगर वडा न २४ को घरदैलोको क्रममा मतदाताले भने- गठबन्धन जिन्दावाद

काठमाडौं कार्तिक २१,

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचार प्रसारका लागि काठमाडौं निर्वाचन क्षेत्र न. ८ का सत्ता गठबन्धनका उम्मेदवारले आज आफ्नो चुनावी घरदैलो कार्यक्रमलाइ महानगर वडा न २४ केन्द्रीत गरेका छन ।

आजको घर दैलौ कार्यक्रममा काठमाडौं ८ का लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवार जीवनराम श्रेष्ठ र सोही निर्वाचन क्षेत्रको क प्रदेशसभाका लागि नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशी समानुपातिक तर्फका संघीय उम्मेदवार काँग्रेस नेतृ सपना राजभण्डारी सहितको सयुक्त -यालीले वडा न २४ मा घरदैलौ गर्दै मतदाताहरुसमक्ष निर्वाचित गराउँन अपिल गर्नुभएको थियो ।

त्यसअवसरमा  स्थानीय मतदाताहरुले उम्मेदवार सामु गठबन्धन जिन्दावाद भन्दै उम्मेदवारहरुलाइ बधाइ ज्ञापन गरेको थियो ।