शनिबार, बैशाख ८, २०८१

यस्तो छ मल्लकालीन कात्तिक नाचको आकर्षण

ललितपुर कार्तिक २१,
विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित कार्तिक नाच विसं १६९७मा तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरू तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर कार्तिक नाचको प्रचलन शुरु गरेको हो ।

सुरुमा कार्तिक नाच कृष्णलिलामा आधारित थियो। त्यतिबेला श्री बराह र श्री नरसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्ष कात्तिक महिनामा ललितपुर दरबार स्क्वायरस्थित कात्तिक डबलीमा कार्तिक नाच गर्ने गरिन्थ्यो।

पछि उनकै छोरा श्री निवास मल्लको पालामा वि।सं। १७३०मा सात दिन अरु थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू समेत देखाई पन्ध्र दिन सम्म सो नाच चलाएका थिए। त्यसपछि उनका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधवनर लगायतका शास्त्रीय नाचसहित पन्ध्र दिन थपी एक महिनासम्म सो नाच सञ्चालन गराएका थिए।

समग्रमा सांस्कृतिको दृष्टिकोणबाट पनि महत्वपूण मानिएको प्रस्तुत कात्तिक नाचले ऐतिहासिक मल्लकालको संस्कृति झल्काउँनुको अलावा तत्कालीन मल्ल राजाहरु क्रमस सिद्धिनरसिंह मल्ल, श्री निवास मल्ल र योगनरेन्द्र मल्लका शासनकाललाई पनि सम्झना गराउँने गरेको स्थानीयको कथन रहेको पाइन्छ ।

त्यस्तै कार्तिक नाच संरक्षण समितिका अनुसार कार्तिक नाचमा,बाःथ प्याखँ, कौलाखिचा, दाजुपिं मियेगु, महामूख युद्धकला, शितज्वर, विष्मज्वर, कृष्ण, महादेव, देवी प्याखँ, द्योला, ख्याः कवं, भैरव, कुमारी, महालक्ष्मी, जलशयण, मधु कैटववध, हिरण्याक्ष वध, वस्त्रहरण लीला प्रस्तुत गरिन्छ ।