शनिबार, बैशाख १५, २०८१

संविधानको माथिको प्रहारविरुद्ध लोकतान्त्रिक शक्तिबीच चुनावी गठबन्धन : मन्त्री श्रेष्ठ

गठबन्धन दलका उम्मेदवारलाइ निर्वाचित गराउँन नेता जोशीको अपिल

काठमाडौँ कार्तिक १६ ,
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचार प्रसारका लागि काठमाडौं निर्वाचन क्षेत्र न. ८ अन्र्तगत महानगर वडा न १३ मा आज सत्ता गठबन्धनको सयुक्त निर्वाचन प्रचार प्रसार कार्यालयको औपचारिक शुभारम्भ गरेका छन।

नेपाल सरकारका संस्कृति तथा पर्यटन मन्त्री समेत रहेका निर्वाचन क्षेत्र न. ८ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार  जीवनराम श्रेष्ठ र सोही निर्वाचन क्षेत्रको प्रदेशसभाका लागि नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीले सयुक्त रुपमा निर्वाचन प्रचार प्रसार कार्यालयको शुभारम्भ गर्नु भएको हो ।

सत्ता गठबन्धन निर्वाचन प्रचार प्रसार कार्यालयको शुभारम्भ सत्रलाइ सम्बोधन गर्दै प्रदेशसभा सदस्यका उम्मेदवार जोशीले आसन्न निर्वाचन नेपाली काँग्रेसको नेतृत्वमा जारी संविधान र यसको उपलब्धिको रक्षाका लागि भएको बताउँदै निर्वाचनमा काँग्रेसले मात्र नभइ गठबन्धन दल आवद्ध सबै दलले इमान्दारिता प्रदर्शन गर्नुपर्ने बताउनुभएकोछ ।

त्यस्तै उहाँले पछिल्लो समय दलीय आवरणमा संविधानको मर्म माथि श्रृखलावद्ध प्रहार सहित सिर्जना गरिएको अराजकता विरुद्ध लोकतान्त्रिक शक्तिबीचको गठबन्धन भएको र यहि गठबन्धनले मुलुकलाइ राजनीतिक स्थायित्व दिने बताउँदै गठबन्धन दलका उम्मेदवारलाइ निर्वाचित गराउँन अपिल गर्नुभयो ।

 त्यस्तै प्रतिनिधिसा सदस्यका उम्मेदवार श्रेष्ठले लोकतान्त्रिक शक्तिबीचको गठबन्धन दलको नभइ मुलुकको आवश्यकता भएको  र   मौजुदा  गठबन्धन  विगतमा जस्तै सत्ता स्वार्थका लागि नबनेको  बताउनुभएको छ ।लोकतन्त्र र संविधान विरोधी प्रतिगामी शक्तिको तर्फबाट गठबन्धनलाई कमजोर बनाउनकै लागि    पछिल्लो समय काँग्रेसलाई कम्युनिष्टले भोटै दिँदैन र कम्युनिष्टले कांग्रेसलाई भोटै दिँदैन भनेर पनि अफवाह फैल्याउने काम भइरहेको तर्फ सचेत हुन आवश्यक रहेको बताउँनुभयो ।

चुनावपछि अहिलेकै गठबन्धनले मुलुकमा राजनीतिक स्थायित्व सहित समाजवादोन्मुख राज्य व्यवस्थाको आधार खडा गर्ने बताउँनुभयो । साथै उहाँले संविधानका उपलब्धिको रक्षा नै मुलुकको पछिल्लो आवश्यकता अनुरुप लोकतान्त्रिक शक्तिबीच चुनावी गठबन्धन भएको    बताउँनुभयो ।
साथै उहाँले निर्वाचनपछि बन्ने लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससंगै मुलुकको समृद्धिको नविन आयाम कोर्दै सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने बताउँदै गठबन्धन दलका उम्मेदवारलाइ निर्वाचित गराउँन आव्हान गर्नुभयो ।

सत्ता गठबन्धनदलका वडा इकाइ संयोजक सुरेन्द्र मानन्धरको सभापतित्वमा सम्पन्न उत्त कार्यक्रममा नेपाली काँग्रेस तर्फबाट समानुपातिक तर्फका उम्मेदवार सपना राजभण्डारी समेतको उपस्थिती रहेको थियो ।