शुक्रबार, चैत्र १६, २०८०

निवार्चनको प्रचारप्रसार बिहान ७ देखि साँझ ७ बजेसम्म मात्रै : आयोग

काठमाडौं कार्तिक १६,
मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरूले कात्तिक १७ गते देखि मङ्सिर १ गते साँझसम्म चुनावी प्रचारप्रसार गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै आयोगले निर्देशित गरेवमोजिम राजनीतिक दल उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्न सम्वद्ध सवैमा आग्रह गर्दै निर्वाचन आयुक्त एवम् केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक रामप्रसाद भण्डारीले स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला नगर्न समेत आग्रह गर्नुभएको छ।

साथै उहाँले राजनीतिक दलहरूले निर्वाचन प्रचारप्रसारका लागि जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा २४ घण्टा अगाडि स्थानीय प्रशासनलाई जानकारी दिन आग्रह गर्दै जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने जानकारीदिनुभयो ।