बुधबार, बैशाख २६, २०८१

आज गाई तिहार मनाइदै, तिथि घटबढ कारण चाड मनाउँने क्रम प्रभावित

काठमाडौं कार्तिक ८,

आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

आमाले खुवाएको दूध जत्तिकै पौष्टिक गाएको दुधबबाट प्राप्त हुने भएकोलेनै आजको दिन गाईलाई गौमाताको सम्मान सहित पूजा अर्चना गर्ने गरिएको हो । साथै मानव चोलाको जन्मदेखि मृत्यु संस्कारसम्म पनि गाइको दूध, गहुँत र गोबरका प्रचलनका कारण पनि गाइको महत्व रहेको पाइन्छ ।

यसअर्थमा पनि रगाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धताका साथैसाउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने सधैँ प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

त्यस्तै यसवर्षका यमपञ्चकमा भएको तिथि घटबढ कारण कसैले आजै गोवद्र्धन ,गाइ र गोरुको पूजासंगै आजैको दिन नेवार समुदायले आफ्नो आत्मा पूजा गरी अर्थात म्ह पूजा समेत मनाउँदछ भने कतिले बुधवारमात्र नेपाल संवत र म्ह पूजा मनाउाने भएको छ। त्यस्ते कतिपय सोमवारनै लक्ष्मी पूजा गरेका छन भने कतिपयले आज लक्ष्मीपूजन गर्दैछन ।