बिहिबार, बैशाख २७, २०८१

आज खण्डग्रास सूर्यग्रहण, यस्तो छ सूर्य ग्रह्रणको फल

काठमाडौं कात्तिक ८,
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने जनाएको छ । त्यस्तै समितिले अपराह्न ४ः५२ बजे स्पर्श शुरु हुने खण्डग्रास सूर्यग्रहण नेपालमा ३२ मिनेटमात्र देखिने र ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने भएपनि बेलुकी ६ः४५ बजे मात्र ग्रहण मोक्ष हुने जनाएको छ।

शास्त्रीय मान्यताअनुसार सोमवार राती ४:५२ देखिनै ग्रहणको सुतक लाग्ने ग्रहणको समयमा बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । साथै प्रस्तुत ग्रहणको समयमा स्वाती नक्षत तुलाराशि भएका जातकलाइ अतिकष्ट पूर्ण रहेको तोयनाथ पञ्चाङ्गमा उल्लेख गरिएको छ ।

त्यस्तै आजको ग्रहणको सूर्य फल अन्र्तगत मेष राशि भएका जातकलाइ स्त्रीपिडा , वृष राशिलाइ सुख,मिथुन राशिलाइ चिन्ता, ककर्ट राशिलाइ व्यथा , सिंह राशिलाइ श्रीप्राप्ति , कन्या राशिलाइ क्षति , तुला राशिलाइ घात , वृश्चिक राशिलाइ व्यय, धनु राशिलाइ लाभ , मकर राशिलाइ सुख, कुम्भ राशिलाइ माननाश र मिन राशिलाइ कष्ट रहेको उल्लेख गरिएको छ ।