शुक्रबार, बैशाख २१, २०८१

आम निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको ४० प्रतिशत मतपत्र छपाइ सकियो

 काठमाडौं कार्तिक ७,
निर्वाचन आयोगले आसन्न आम निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको जनाएकोछ । यसमध्ये प्रतिनिधि सभाका लागि ८७ लाख एक हजार र प्रदेश सभाको ८० लाख ५७ हजार पाँच सय मतपत्र रहेको जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न गरि करिव ६८ जिल्लामा मतपत्र ढुवानी समेत भइसकेको जनाएको छ ।

त्यस्तै आयोगले आसन्न निर्वाचन प्रयोजनका लागि पछिल्लो तथ्याङ्कअनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८५ हजार ७० जना मतदाताको नामावली सूचीकृत रहेको जनाएदै सूचीकृत मतदाताले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चारवटा मतपत्रमा मतदान गर्ने र यसको लागि करिब आठ करोड मतपत्र आवश्यक पर्ने जानकारी दिएको छ ।