मङ्लबार, बैशाख २५, २०८१

राजधानी र राजनीति दुवै सफा गर्ने नेता पौडेलको संकल्प

काठमाडौं कार्तिक ३,
काठमाडौं निर्वाचन क्षेत्र न ५ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेको नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले आफ्ना मतदातासमक्ष भोट माग्दै राजधानी र राजनीति दुवै सफा गर्ने संकल्प गरेका छन् ।

बिहीबार नेता पौडेलले आफ्ना मतदातामाझमा जारी गर्नु भएको अपिलमा आफ्नो उम्मेदवारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यको हब, आइटी विकास संगै  रोजगारी, पर्यटन र समग्र विकास साथै राष्टिय राजनीतिको नयाँ चित्र कोर्ने अवसर प्रदान गरेको उल्लेख गरेका छन् ।

त्यस्तै जारी अफि मार्फत नेता पौडेलले काठमाडौंलाई विकास मात्र होइन, व्यवस्थित विकास आवश्यक रहेको बताउँदै पर्यावरणीयमैत्री राजधानी हामी सबैको चाहना हो । यसैगरी, राजनीतिक निष्ठा र इमान्दारितामाथि उठेका प्रश्न र राजनीतिप्रति घट्दै गएको विश्वासले छाएको आमनिरासा लाइ आशामा रुपान्तरण गर्न आफूलाई प्राप्त भएको अवसर खेल नफाल्ने प्रतिबद्धता पनि जनाएका छन् ।

परिवर्तनसहितको राजनीतिक संस्कार र संस्कृतिको स्थापित गर्छु भनेर विद्यार्थी राजनीतिबाट देशको सक्रिय राजनीतिमा होमिएको हुँ । मेरा नातागोता, पारिवारिक सदस्य र व्यापार व्यावसाय फस्टाउँछ भनेर राजनीतिमा हामफालेको होइन । राजनीतिक इमान र परिवर्तन सम्भव छ भन्ने बुझेर नै मैले सक्रिय राजनीतिक जीवन रोजेको हुँ ।

क्षेत्र नम्बर ५ का मतदाताहरुले खोजेको बेला भेटिने छोरो, भाइ, दाइ, साथी र जनप्रतिनिधिको रुपमा प्रदीप तपाईहरुमाझ सँगै उभिने छ । नेतृत्वले चाहने हो भने के के सम्भव छ भन्ने कुरा म स्थापित गर्न चाहन्छु । आगामी पाँच वर्षको यो अवसरलाई म किमार्थ खेर जान नदिने प्रतिवद्धता व्यक्त गरेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु