बिहिबार, बैशाख २०, २०८१

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने

 नवौँ राष्ट्रिय खेलकुदमा ३७१ पदक सहित नेपाल आर्मी टिम च्याम्पियन घोषित

काठमाडौं कात्तिक ४,
एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नारासहित भएको गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार विधिवत समापन संगै १०औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने भएको छ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन संगै प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई दसौँ राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गर्नुभएको हो ।

प्रस्तुत प्रतियोगितामा नेपाली सेना १७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित कुल ३७१ पदकका साथ टिम च्याम्पियन बन्न सफल भएको छ ने एपीएफ ६५ स्वर्ण, ७३ रजत र ८१ कांस्य गरी कुल २१९ पदक जितेका छन । त्यस्तै नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६१ रजत र ७३ कांस्यसहित १९५ तेस्रो स्थान प्राप्त गरेका छन । त्यस्तै आयोजक गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्यसहित कुल १२० पदक जित्न सफल भएको यस प्रतियोगिताको समापन सत्रलाइ सम्बोधन गर्दै

प्रधानमन्त्री देउवाले ९औं राष्ट्रिय खेलकुद प्रतियोगितामा आफ्नो खेल कौशल प्रदर्शन गर्ने क्रममा राष्ट्रिय खेलकुदको इतिहासमा नै भएको पहिलो घटनामा २६ वर्षीय पाराग्लाइडर निसिम थापाको निधन प्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस किसिमको घटना घट्न नदिन आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई निर्देशन दिनुभएको थियो ।