बिहिबार, बैशाख २०, २०८१

जरिवाना नबुझाउने व्यक्तिको बन्दसूचीमा समावेस नाम आयोगले अस्विकार गर्ने

 काठमाडौं कार्तिक ४,
निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउँने व्यक्तिको नाम आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीबाट स्वत हटाउँने जनाएको छ ।

आयोका अनुसार गत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार भएका व्यक्तिको नाम समेत प्रमुख दल लगायतका विभिन्न पार्टीले बुझाएको बन्दसूचीमा समावेस गरिएको पाएसंगै आयोगले यस्तो निर्णय गरेको हो ।

साथै आयोगले जरिवानको सूचीमा रहेको त्यस्ता उम्मेदवारको नाम सदरका लागि कार्तिक ५ गते भित्र तोकिएको वरिवाना बुझाउँन निर्देशन दिएको छ। अन्यथा जरिवाना रकम नबुझाउने उम्मेदवारको हकमा बन्दसूचीमा समावेस नाम हटाइने जनाएको हो ।

त्यस्तै गरि आयोगले कार्तिक ५ गते शनिवारको सार्वजनिक बिदा रहेपनि जरिवाना बुझाउन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको जनाएको छ।