बिहिबार, बैशाख २०, २०८१

प्रतिगमन विरुद्ध वाम लोकतान्त्रिक गठबन्धन : अध्यक्ष प्रचण्ड

 काठमाडौं कार्तिक ४,
आसन्न आम निर्वाचन लक्षित हुँदै काठमाडौं निर्वाचन क्षेत्र न ७ मा बाम लोकतान्त्रिक गठबन्धनले आज आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंसिर ४गतेको निर्वाचन संविधानको रक्षासंगै मुलुकको समृद्धि संग जोडिएको बताउनुभएको छ।

त्यस्तै सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले आगामी निर्वाचन पछिल्लो समय मुलुकमा देखिएको संविधान विरोधी शक्ति विरुद्ध भएकै कारण आफुहरु संविधान र लोकतन्त्रको उपलब्धिको रक्षाका लागि  प्रतिगमन विरुद्ध अग्रमगनको पक्षमा उभिदै वाम लोकतान्त्रिक गठबन्धन मार्फत निर्वाचनको मैदानमा आएको जनाउ दिनुभएको छ।

साथै उहाँले त्यसअर्थमा संघीय संसद्का लागि गठबन्धनको तर्फबाट अगाडि बढाइएको उम्मेदवार मानुषी यमी भट्टराई जनताको भावना बुझ्ने र विकास र समृद्धिको यात्रा अघि बढाउन सक्ने उम्मेदवार भएको जनाउ सहित उहाँलाइ निर्वाचित गराउँन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान विरोधी प्रतिगामी र जनविरोधी शक्ति विरुद्ध वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाइ निर्वाचित  गर्नुको विकल्प नभएको बताउनुभयो ।

त्यस्तै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि सत्ता गठबन्धनको जित अपरिहार्य रहेको बताउँदै गठबन्धनका उम्मेदवारहरुलाइ निर्वाचित गराउँन अपिल गर्नुभयो ।