मङ्लबार, बैशाख २५, २०८१

युवालाई रोजगारीको आश्वासन बाँडेको भन्दै नेता नेपाललाइ आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं कार्तिक ३,

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नं १ का उम्मेदवार एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ।

नेता नेपालले रौतहट क्षेत्र नम्बर १ मा आयोजित चुनावी कार्यक्रममा आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको विषय प्रति आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोध्नुको साथै निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले नेता नेपाललाइ कारवाही गर्न रौतहट प्रहरीलाई पत्र समेत लेखेको छ ।

स्मरण रहोस निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २० को उपदफा १ को खण्ड ञचझमा उम्मेदवारले कुनै किसिमले लोभ लाल देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था रहेको र सोही ऐनको दफा २० को उपदफा १ को खण्ड ‘च’ विपरितको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु