मङ्लबार, बैशाख २५, २०८१

मंगलवार खण्डग्रास सूर्यग्रहण र २२ गते खग्रास चन्द्रग्रहण, कुन राशिको अवस्था कस्तो ?

काठमाडौं कार्तिक ३,

नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने जनाएको छ । त्यस्तै समितिले अपराह्न ४ः५२ बजे स्पर्श शुरु हुने खण्डग्रास सूर्यग्रहण नेपालमा ३२ मिनेटमात्र देखिने र ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने भएपनि बेलुकी साढे सात बजेमात्र ग्रहण मोक्ष हुने जनाएको छ।

शास्त्रीय मान्यताअनुसार सोमवार राती ४:५२ देखिनै ग्रहणको सुतक लाग्ने ग्रहणको समयमा बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । साथै प्रस्तुत ग्रहणको समयमा स्वाती नक्षत   तुलाराशि भएका जातकलाइ अतिकष्टपूर्ण रहेको तोयनाथ पञ्चाङ्गमा उल्लेख गरिएको छ ।

साथै ग्रहणको सूर्य फल अन्र्तगत मेष राशि भएका जातकलाइ स्त्रीपिडा पिडा, वृष राशिलाइ सुख,मिथुन राशिलाइ चिन्ता, ककर्ट राशिलाइ व्यथा , सिंह राशिलाइ श्रीप्राप्ति , कन्या राशिलाइ क्षति , तुला राशिलाइ घात , वृश्चिक राशिलाइ व्यय, धनु राशिलाइ लाभ , मकर राशिलाइ सुख, कुम्भ राशिलाइ माननाश र मिन राशिलाइ कष्ट रहेको उल्लेख गरिएको छ ।

त्यस्तै कार्तिक २२ गते पूर्णिमाको दिन पनि खग्रास चन्द्र ग्रहण रहेको छ। ८:११ बजे दृखिनै खग्रास चन्द्र ग्रहणको सुतक लाग्ने र यसवीचमा बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन गर्न नहुँने जनाएकोछ । सर्वपर्व ८३ मिनेट रहेको खग्रास चन्द्र ग्रहणका दिन चन्द्रोदय ५:११ बजे उन्मिलन ५:२७ बजे र मोक्ष समय ६:३४ बजे हो उल्लेख गरिएको छ।

साथै ग्रहणको चन्द्र फल अन्र्तगत भरणी नक्षत्र ,मेष राशि भएका जातकलाइ निकै घातक रहेको तोयनाथ पञ्चाङ्गमा उल्लेख गरिएको छ । त्यस्तै  मेष राशि भएका जातकलाइ  घात , वृष राशिलाइ  व्यय,  मिथुन राशिलाइ लाभ,  ककर्ट राशिलाइ सुखम , सिंह राशिलाइ माननास , कन्या राशिलाइ कष्टम, तुला राशिलाइ स्त्रीपिडा,वृश्चिक राशिलाइ सौख्यम ,धनु राशिलाइ चिन्ता, मकर राशिलाइ व्यथा, कुम्भ राशिलाइ श्रीप्राप्ति  र मिन राशिलाइ क्षति  रहेको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु