सोमवार, बैशाख १७, २०८१

राष्ट्रपति भण्डारी महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना

काठमाडौं असोज २२,
राष्ट्रपति विद्यादेवी भण्डारी महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षणका लागि उहाँ अस्पताल भर्ना हुनुभएको हो ।

त्यस्तै राष्ट्रपति भण्डारीको शिक्षण अस्पतालमा रगतसहित अन्य स्वास्थ्य परीक्षणको काम भइरहेको छ, भाइरल ज्वरो बढेपछि डेङ्गी रोग हो कि भनेर परीक्षण गराउनुभएको हो, रिपोर्ट आएपछि स्वास्थ्यमा देखिएको समस्याको र जानकारी पाउँने उहाँको मुख्य स्वकीय सचिव डा। भेषराज अधिकारीले जानकारी दिनुभयो ।

साथै स्वकीय सचिव अधिकारीले स्वास्थ्य परीक्षणपछि आउने रिपोर्टका आधारमा अस्पतालमा भर्ना कायम रहने वा नरहने टुङ्गो लाग्ने बताउनुभयो ।