सोमवार, बैशाख २४, २०८१

१६५ सिटको भागबण्डा : सत्ता गठबन्धनको बैठक निर्णायक मोडमा -प्रदेशसभाको भागबण्डा शनिबार टुंग्याइने

काठमाडौ असोज २१,
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका चुनावी तालमेल अन्र्तगत एक सय ६५ सिटको भागबण्डाका लागि आज बसेको बैठकले बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको सिट बाँडफाँट लगभग अन्तिम चरणमा पुगेको र प्रदेशसभाका विषयमा छलफल जारी छलफललाइ शनिवार अन्तिम रुप दिने गरि आजको शिर्ष नेतृत्वको बैठक सकिएको बताइएको छ।

आजको बैठकमा अनुपस्थित भएसंगै जनता समाजवादी पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ ।

यसवीचमा जसपा गठबन्धनबाट बाहिरिएसंगै गठबन्धन शिर्ष नेतृत्वसंग लोकतान्त्रिक समाजवादी पार्टीका नेतावीच आजै गठबन्धन आवद्धताका लागि सकारात्मक छलफल भएको आजको छलफलको निष्कर्ष अनुरुप लोसपा पनि भोलिको गठबन्धन बैठकमा सहभागी हुनसक्ने प्रवल संभावना रहेको नेताहरुको भनाइ रहेको छ।