सोमवार, बैशाख २४, २०८१

माओवादी अध्यक्ष प्रचण्ड गोरखा २ बाट निर्वाचन लड्ने

काठमाडौं असोज २१,
नेकपा माओवादी केन्द्रको आज साँझ अवेर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले पार्टी अध्यक्ष प्रचण्डलाइ गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसअघि २०७४ मा चितवन–३ बाट निर्वाचित प्रचण्ड आसन्न निर्वाचनमा भने गोरखा–२ बाट उम्मेदवार हुन लागेको हो। निर्वाचनको क्रममा चितवन भन्दा पनि गोरखा बढी सुनिश्चित देखिएको र यसवीचमा डा बाबुराम भट्टराईसहितका नेताले पनि सोही क्षेत्रमा चुनाव लड्न गरेको आग्रहका कारण प्रचण्डले गोरखा २ निर्वाचन क्षेत्र रोजको बुझिएको छ ।

साथै र यस निर्वाचन क्षेत्रबाट गठबन्धनको उमेदवारले सहजै जित्ने माओवादीको विश्लेषण रहेको छ ।