सोमवार, बैशाख २४, २०८१

सत्ता गठबन्धनको चुनावी तालमेलमा जसपा वाहिरसंगै लोसपा भित्रिदै

काठमाडौं असोज २१,
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्र्तगत सत्ता गठबन्धनको चुनावी गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जसपा वाहिरिएसंगै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सत्ता गठबन्धनबीचको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ ।

प्रधानमन्त्री शेर वहादुर देउवा र लोसपाका नेताहरुवीच आज भएको चुनावी गठबन्धन केन्द्रीत छलफल सकारात्मक रहेको लोसपाका नेताहरुले बताएका छन । छलफलमा लोसपाले संघमा १५ सिट र प्रदेशमा मुख्यमन्त्री मागेको र लोसपाको मागका सम्बन्धमा प्रम देउवा लगायत गठबन्धनका शिर्ष नेतृत्व सकारात्मक रहेको ती नेताले बताए ।

यसैवीच सत्ता गठबन्धनको चुनावी गठबन्धनबाट अलग भएका जसपाका नेता उपेन्द्र यादवले चुनावी तालमेलका लागि नेकपा एमाले अध्यक्ष केपी ओली संगको संवादद अघि बढाएका छन । नेता यादव विहिवार ओलीसंग छलफलका लागि बालकोट पुगेको र उहाँहरुवीच चुनावी तालमेलको विषयमा घनिभुत छलफल भएको थाहा भएको छ।

यादव र ओलीवीचको छलफलको क्रममा एमालेले  जसपालाइ मधेस प्रदेशमा २० सिट र अन्य प्रदेशमा थप पाँच सिट गरि २५ सिट दिने सहमति समेत बनेको समाचार स्रोतको दावी रहेको छ।