सोमवार, बैशाख १७, २०८१

नेकपा एमाले र जसपाबीच चुनावी तालमेल हुने [सहमति पत्र सहित]

काठमाडौं असोज २२,
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले उपेन्द्र यादव नेतृत्वको जसपावीच चुनावी तालेमल हुने भएको छ।

सहमति भएको चुनावी तालेमल अनुसार नेकपा एमालेका अध्यक्ष केपी ओली र जनता समाजवादी नेपालका अध्यक्ष यादवले हस्ताक्ष्र गर्नुभएको सहमति पत्रमा जसपाले सप्तरी, सिराह, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, रुपन्देही , कपिलवस्तु , मोरङ्ग, सुनसरी, नवलपरासी पश्चिम,कैलाली र सर्लाही निर्वाचन क्षेत्रका विभिन्न क्षेत्र गरि १७ सिट पाउने छ । यीनै निर्वाचन क्षेत्रका अन्य क्षेत्रमा जसपाले एमालेलाई सघाउने सहमति भएको उल्लेख रहेको छ ।

त्यस्तै प्रदेशसभातर्फ जसपाले एमालेलाइ ७० स्थानमा सघाउने भएको छ भने एमालेले जसपालाइ ४२ स्थानमा सघाउँने सहमति भएको छ ।
यसअघि काँग्रेस नेतृत्वको सत्ता गठबन्धमा आवद्ध जसपा सत्ता गठबन्धमा सिट बाँडफँँडमाको क्रममा आफ्नो अवमुल्यन भएको भन्दै गठबन्धबाट बाहिरिदै नेकपा एमालेसंग सहकार्य गर्न पुगेको हो ।