आइतवार, बैशाख १६, २०८१

६७औं प्रहरी दिवस २०७९

काठमाडौ असोज ३१,
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयनक्सालमा सोमबार आयोजित विशेष समारोहबीच ६७औं प्रहरी दिवस २०७९ सम्पन्न भएको छ ।
प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवालेनेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभयो ।

विशेष समारोहमा प्रधानमन्त्री देउवाले अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले “प्रहरी दर्पण २०७९” को लोकार्पण समेत गर्नुभयो ।