शनिबार, बैशाख २२, २०८१

आयोगको कडा चेतावनीसंगै सत्ता गठबन्धनको कात्तिक ४-७ को चुनावी सभा प्रभावित

काठमाडौ असोज ३१,
सत्ता गठबन्धनले आसन्न निर्वाचन लक्षित हुँदै देशको सातै प्रदेशमा आयोजना गर्न लागेको चुनावी सभाको कार्यतालिका प्रभावित हुने भएको छ।

यसअघि सत्ता गठबन्धनले कात्तिक ४ देखि ७ गतेसम्म सातै प्रदेशमा गठबन्धन दलका शीर्ष नेताहरुको सम्बोधन सहित प्रदेशस्तरीय संयुक्त चुनावी सभाको कार्यतालिका प्रकाशित गरेपछि निर्वाचन आयोगले कात्तिक १८ गते अगाडि जारी आचार सहिंता वर्खिलाप चुनावी सभा लगायत कुनै पनि काम कारवाही गर्न नपाइने भन्दै दिएको चेतावनी पछि सत्ता गठबन्धनको चुनावी सभा प्रभावित हुने भएको हो।

निर्वाचन आचारसंहिता, २०७९ को केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको उलङ्घन गर्दै यसवीचमा कात्तिक १८ गते अगाडि चुनावी सभा आयोजना गरिएमा उम्मेदवारी खारेजसम्म हुनसक्ने चेतावनी दिएको छ। साथै आयोगले कार्तिक १८ गतेअघि बढीमा २५ जना सहभागी हुँदै घरदैलो लगायतका चुनावी प्रचार प्रसार गर्न पाउने समेत आयुक्त भण्डारी बताउनुभयो ।

सत्ता गठबन्धनले  प्रदेशस्तरीय संयुक्त भेलाका सम्बन्धमा जारी विज्ञप्तिमा उल्लेखभए अनुसार नेकपा एकीकृत समाजवादी पार्टीको समन्वयमा कात्तिक ४ गते पोखरा र बुटवलमा भेला हुने भएको छ भने नेपाली कांग्रेसको समन्वयमा कात्तिक ५ गते विराटनगर र जनकपुरमा प्रदेशस्तरीय मधेश प्रदेश भेला हुने भएको छ । त्यस्तै कात्तिक ६ गते माओवादी केन्द्र र कांग्रेसको समन्वयमा सुर्खेत र धनगढीमा र कात्तिक ७ गते माओवादी केन्द्रको समन्वयमा काठमाडौंमा बागमती प्रदेशस्तरीय भेलाको आयोजना गर्ने  निर्णय गरेको  थियो । 

साथमा यो पनि: