शनिबार, बैशाख १५, २०८१

नागरिकता विधेयक प्रमाणीकरण प्रकरण : कारण देखाउ आदेश जारी

काठमाडौं असोज ९,

नागरिकता विधेयक प्रमाणीकरण प्रकरण विरुद्ध सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दर्ता भएको रिटको सुनवाइ गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

संसदका दुवै सदनले दुईपटकसम्म पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै राष्ट्रपति भण्डारीविरुद्ध परेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हो ।