बुधबार, बैशाख १२, २०८१

मन्त्रिपरिषद् बैठकका १३ बुँदे निर्णय: सरकारले व्याकुल माइलालाई मासिक ५० हजार भत्ता उपलब्ध गराउने

  काठमाडौं असोज ९,
मन्त्रिपरिषद्को असोज ७ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलन मार्फत सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई व्याकुल माइलालाई मासिक रु ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएके छ । यसअघि सरकारले व्याकुल माइलालाई मासिक २५ हजार भत्ता उपलब्ध उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक रु ५० हजार दिने निर्णय गरेको जानकारी समेत उहाँले त्यस अवसरमा दिनभयो ।

 त्यस्तै मन्त्रिपरिषद् बैठकले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णयसंगै सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं सडक दुर्घटनालाई न्यूनीकरण एवम् सोको अनुगमन, नियमन, सुपरीवेक्षण, निर्देशन र समन्वय गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा समिति गठन , विज्ञापन बोर्डका लागि आर्थिक वर्ष २०७९र०८० का लागि अधिकृतस्तरका कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिदै सरकार प्रवक्ता कार्कीले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषण गर्ने निर्णय गरेको जानकारी दिनभयो ।