शुक्रबार, बैशाख १४, २०८१

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं असोज ९,

काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा बा.२ ज ११९२ नम्बरको ट्याक्सीले बा.९१ प ५४०३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा स्कुटर चालक प्रहरी प्रभाग तिलिङ्गेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी गोरखा बारपाक सुलिकोट ३ घर भएका ३१ वर्षीय राजु गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै दाङ, तुलसीपुर उपमहानगरपालिका-६ स्थित सडकमा रा.१ प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दंगिशरण गाउँपालिका-४ वैवाङ बस्ने ५९ वर्षीय शलिकराम वलीको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसासाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै कपिलवस्तु, बुद्धभूमि नगरपालिका-४ बुड्डीस्थित सडकमा ना.७ ख ५९५९ नम्बरको बस र ना.५ ख ६५६५ नम्बरको ट्रक एक-आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा बसमा सवार प्युठान मलारानी गाउँपालिका-२ बस्ने २५ वर्षीया बिमला पुन मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २५ जना उपचार पश्चात डिश्चार्ज भएका छन् भन ट्रक चालक समेत अन्य ६ जनाको जिल्ला अस्पताल तौलिहवा हुँदै थप उपचारको लागि चौराहा अस्पताल बुटवलमा पठाएको छ । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सिरहा, धनगढीमाई नगरपालिका-१२ सिमलटोकीमा प्रदेश २-०१-००१ त १७७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय शंकर रामको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको उपचारको लागि श्रमजिवी अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार रहेका ट्रयाक्टर चालकको प्रहरीले खोजी भइरहेके जनाएको छ ।

कैलाली, टिकापुर नगरपालिका-२ कोठारपुरमा से.६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका(२ विजयनगर शिविर बस्ने ७० वर्षीय भोकारी थारुको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई टिकापुर अस्पताल हुँदै थप उपचारको लागि कोहलपुर बाँकेतर्फ पठाइएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, कमलामाई नगरपालिका-२ भद्रकाली मन्दिर नजिक सडकमा प्रदेश २-०१-०३ प ११०० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरी हनुमाननगर नगरपालिका-४ भारदह बस्ने २२ वर्षीय कैलाश मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको र दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकोछ ।