बुधबार, बैशाख १२, २०८१

आज औँसी तिथि श्राद्ध गरेसंगै सकियो पितृपक्ष सोह्रश्राद्ध

काठमाडौं असोज ९,
आश्विन कृष्ण प्रतिपदादेखि अर्थात गत भाद्र २६ गतेबाट शुरु भएको सोह्रश्राद्ध आज औँसी तिथि श्राद्ध गरेसंगै समापन भएको छ । कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका १६ वटा पितृपक्ष तिथिमा गरिने पार्वण श्राद्धलाई सोह्रश्राद्ध भन्ने गरिन्छ ।

चाडपर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आभ्युदयिक श्राद्ध गर्दै आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने सनातन परम्परा अनुरुप विहिवारबाट सुरु हुने वडादशैँ स्वागत सहित हर्षोल्लासपूर्वक मनाउँन पितृपूर्खाले आफ्ना सन्ततिलाई आर्शिवाद प्रदान गरोस भन्ने कामना सहित आफ्ना पितृपूर्खाको श्राद्ध गर्ने गरिन्छ ।