सोमवार, बैशाख २४, २०८१

महासंघको छैठौँ पूर्ण बैठकको निष्कर्ष : मिडिया काउन्सिल विधेयक जारी नहुनु दुःखद

काठमाडौ असोज ६ ,
नेपाल पत्रकार महासंघको असोज ५ र ६ गते भक्तपुरको नगरकोटमा सम्पन्न केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल पूरा हुँदासमेत नेपाल मिडिया काउन्सिल विधेयक जारी नभएको भन्दै दुःख व्यक्त गरेको छ।

त्यस्तै बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट दोस्रोपटक पारित भई प्रमाणीकरणका लागि प्रस्तुत नागरिकता विधेयक प्रमाणीकरण नगरेको घटनाप्रति बैठकको ध्यानाकर्षण भएको जनाउँदै प्रतिनिधिसभा र राष्टियसभाले पारित गरेर पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्ने संविधानको धारा ११३ ९५० को व्यवस्था उल्लंघन भएको महासंघको ठहर सहित पदीय मर्यादा बाहिर गएर भएका घटनाक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्ने कार्यलाई क्षति पु¥याउनेतर्फ सचेत हुन संविधानको दायराभित्र रहि विद्यमान यावत समस्यालाई सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण समेत गराएको छ।

त्यस्तै महासंघले आगामी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न राजनीतिक दलहरूको प्रतिवद्धता संगै निर्वाचनको पूर्वसन्ध्यामा घोषणापत्र र प्रतिबद्धतापत्र निर्माणमा लागेका सबै राजनीतिक दललाई प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गर्न र निर्वाचित भएपछि पनि सोहीअनुसारको व्यवहार गर्न तथा नीति निर्माणको माग महासंघले गरेको छ ।

साथै महासंघले आगामी पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वार्षिक साधारण गर्ने निणयसंगै पत्रकार आचारसंहिताको पूर्ण परिपालनामा ध्यान दिन आग्रह गर्दै आचारसंहिता पालना गराउन ‘हाम्रो लागि, हाम्रो आचारसंंहिता अभियान’ थाल्न शाखाहरूलाई निर्देशन दिनुको अलावा महासंघको विधानअनुसार नयाँ सदस्यताको आवेदन र नवीकरणको लागि प्रदेश समितिमार्फत प्रक्रिया अगाडि बढाउने निर्णय संगै प्रदेशको साधारणसभा मंसिर १५ देखि पुस १ सम्म र शाखाको साधारणसभा असोज ६ देखि कात्तिक मसान्तसम्म सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

साथै साना तथा स्वरोजगार सञ्चार माध्यमलाई आन्तरिक राजश्व कार्यालयका अतिरिक्त स्थानीय तहमा व्यवसाय दर्ता गरी दोहोरो कर तिर्न बाध्य पारिएको नीतिप्रति गम्भीर ध्यानाकर्षण सहति सञ्चारमाध्यमलाई लगाइएको दोहोरो करको व्यवस्था हटाउन मागसंगै साना तथा स्वरोजगारमूलक मिडियालाईसमेत सहज रूपमा विज्ञापन उपलब्ध गराउने वातावरण मिलाउने बोर्डसँग आग्रह,

मातृभाषामा पत्रकारिता गर्नेलाई सरकारले प्रोत्साहनको व्यवस्था र युक्रेनबीचको युद्धमा परी कार्यक्षेत्रमा मारिएका पत्रकारहरूप्रति श्रद्धाञ्जलीसंगै काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय स्थलको रूपमा भक्तपुर जिल्लाको चाँगुनारायण र नगरकोटलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा घोषणा गर्न सरकारसँग माग गरेको छ।