सोमवार, बैशाख २४, २०८१

प्रमुख प्रशासकीय अधिकृत निरौला, उपभोक्ता समितिका अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौ असोज ६,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाँदबारी नगर कार्यपालिका, संखुवासभाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलासहित कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको जनाएको छ।

 आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमार्फत निरौलासहित तत्कालीन इन्जिनियर सुरज श्रेष्ठ र सव–इन्जिनियर मनोज कुमार चापागाईको मिलेमतोमा खाँदबारी नगरपालिका वडा नम्बर ६ स्थित महानन्द चोक हिगुवा हुँदै थलेडाँडा सडक मर्मत कार्यमा आर्थिक वर्ष २०७४/०७५ झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी सरकारलाई हानी पु¥याउँने बदनिययत कार्य भएको अनुसन्धानको क्रममा खुलेको जनाउँदै निजहरुले त्यसक्रममा ३ लाख ७४ हजार १२७ रुपियाँ नोक्सान पु¥याएको जनाउ सहित भ्रष्टाचार मुद्दा दायर भएको उल्लेख गरिएको छ।

 यसैगरी, आयोगले उपभोक्ता समितिका अध्यक्ष भुवननाथ अधिकारी, सचिव गोपालबहादुर थापा मगर र कोषाध्यक्ष मेनुका तामाङ्गले सडक मर्मत कार्यमा वास्तविकभन्दा बढी कार्य गरेको भनी सम्झौता गरेको स्वीकार गरेको शर्त उल्लंघन गरी सरकारी रकमबाट लाभ लिन खोजेको आरोप समेत पुष्टि भएको जनाएको छ।