मङ्लबार, बैशाख १८, २०८१

बंगलादेशसँग  पराजित भएसंगै साफ च्याम्पियनसिप बन्ने नेपालको सपना अधुरै

काठमाडौ असोज ३

साफ महिला फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको हो ।

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमा नै दुई गोल खाएको थियो । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको थियो ।

दोस्रो हाफको ७० औं मिनेटमा नेपालले एक गोल फर्काएको थियो । तर बंगलादेशले पुन गोल गर्दै ३–१ ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।