बुधबार, बैशाख १२, २०८१

आज पनि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं असोज ४ ,

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षाको भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै महाशाखाले हाल मधेस प्रदेश, प्रदेश १ का थोरै स्थानमा तथा सुदूरपश्चिम र गण्डकीका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जनाउँनुको अलावा आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औल्याएको छ।

यस्तै आज राति पनि लुम्बिनी प्रदेश र देशका पहाडी भेगका केही स्थानमा तथा तराईका थोरै स्थानसंगै गण्डकी र लुम्बिनी प्रदेशका एकाध स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।