शनिबार, बैशाख ८, २०८१

संविधानत व्यवस्था अनुरुप अझै पनि स्थानीय तहले अधिकार प्राप्त गर्न बाँकी: नगर प्रमुख श्रेष्ठ

मध्यपुर थिमि असोज ३,
संविधान दिवसको अवसरमा सोमवार मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको प्रवचन कार्यक्रममा वोल्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पालिकाले संविधान प्रद्धत अधिकार उपयोग गरी आम नगरवासीहरुको बृहत्तर हितमा कार्य योजना निर्माण गरेर अघि बढी रहेको बताउनुभएको छ ।

त्यस्तै उहाँले नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभुत आवश्यकताको सरल र सहज पहुँच बृद्धिका लागि नगरपालिकाले कार्य गरिरहेको बताउँदै संविधानत व्यवस्था अनुरुप अझै पनि स्थानीय तहले अधिकार प्राप्त बाँकी रहेको बताउँदैं उहाँले मध्यपुर थिमि नगरपालिकाले संघीयताको मुल्य, मान्यता र मर्म अनुरुप आफ्ना हक अधिकारको उपयोग गर्दै अघि बढेको जानकारी दिनुभयो ।

प्रवचन कार्यक्रम अघि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । नगरको वडा नं। ४ स्थित बालकुमारी प्रांगणबाट शुरु भएको प्रभातफेरी कार्यक्रम दथुटोल, निःगुपुखुः ९दुई पोखरी० हात्तिमहाकाल, चपाचो, गुंगचिवाः, बहाखाबजारहुँदैं मध्यपुर व्यांक्वेट पुगेर समापन भएको थियो । प्रभातफेरीमा नगरपालिकाका जनप्रतिनिधिहरु, नगरका विभिन्न सामाजिक संघ संस्था, सहकारी संस्था, खेलाडी, सर्वसाधारण नागरिक, विद्यालय, नगरपालिकाका कर्मचारीहरु, प्रहरीको सहभागिता रहेको थियो ।