सोमवार, बैशाख १७, २०८१

सेना, प्रहरी, अस्पताल र कलेजलाई १० दिनभित्र बहाल कर तिर्न चेतावनी सहित महानगरको पत्राचार

काठमाडौं भाद्र २३ ,
काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषद्सहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ । महानगरको राजस्व विभागले बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस र नेपाल कमर्श क्याम्पसलाई १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसार बहाल कर र सो को जरिवानासहित बुझाउन पत्राचार गरेको हो ।

पत्रमा उल्ल्ेख भएको व्यहोरा अनुरुपको कामकारवाही नभए महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने महानगरले चेतावनी दिएको छ ।