सोमवार, बैशाख १७, २०८१

पछिल्लो २४ घण्टामा थप दुई सय २१ जनामा कोभिड सङ्क्रमण

काठमाडौं भाद्र २०,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर दुई सय २१ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएका छ । मन्त्रालयका अनुसार ४ हजार ५८ जनामा गरिएको कोभिड परीक्षणको क्रममा पीसीआर परीक्षण तर्फ १२२ र एन्टिजेन परीक्षण तर्फ ९९ जना गरि उल्लेखित सख्यामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ।
त्यस्तै यसवीचमा २ सय छ जना कोभिड मुक्त हुँदै डिस्चार्ज भएपनिकोभिड संक्रिय संक्रमितको सख्या अझै दुई हजार ४४४ जना रहेको जनाउँदै मन्त्रालयले यसवीचमा सङ्क्रमणबाट कसैको पनि निधन नभएको जनाएको छ ।

साथै काठमाडौं उपत्यकाको ललितपुर र काठमाडौंमा पाँच सयभन्दा बढी सङ्क्रमित रहेको जानकारी दिनुको अलावा पछिल्लो समय आइसियुमा ३८ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको जनाएको छ।