शनिबार, बैशाख १५, २०८१

पत्रकार प्रधानलाइ लहना फोटो पत्रकारिता सम्मान

काठमाडौं  भाद्र १७ , 
नेपाल   भाषाको साप्ताहिक पत्रिका ‘लहना’को ४०० अंक प्रकाशन भएको अवसरमा आज राजधानीमा  आयोजित एक कार्यक्रममा लहना पत्रिकाका व्यवस्थापन समूहले विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

यसैक्रममा पत्रकारिताको  माध्यमबाट समुदायको उत्थानमा योगदान गरेको भन्दै  कान्तिपुर हटलाइन डटकमका  फोटो पत्रकार  अनुप प्रधानलाइ  सम्मानित  गरिएको  छ।   प्रधानलाइ  नगद १५ हजार र सम्मानपत्र सहित   सम्मानीत गरिएको  हो  ।

त्यस्तै कार्यक्रममा पत्रकार विराजकाजी राजोउपाध्याय, रत्नकाजी महर्जन, कलाकार रामकृष्ण खड्गीलगायतका व्यक्तित्वहरुलाई समेत सम्मानित गरिएको थियो ।
पत्रकार नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, बागमती प्रदेशका सांसद राजेश शाक्य, नेपाल भाषा एकेडेमीका कुलपति यज्ञराज धाख्वा, काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्य, लहनाका सम्पादक सुरेन्द्रभक्त श्रेष्ठलगायतले पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।