शुक्रबार, बैशाख २१, २०८१

कक्षा १२ को नतिजा प्रकाशित, ४३ जना परीक्षार्थीको परीक्षा रद्द

काठमाडौं भाद्र १७,
राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को नतिजा आज अपराह्न परीक्षाको परीक्षाफल ग्रेडिङ पद्धति २०७८ अनुसार सार्वजनिक गरेको छ।
देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रबाट नियमिततर्फ ३ लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ तीन हजार १३२ समेत गरि कुल ४ लाख १० हजार ५० विद्यार्थी जना परीक्षार्थी परीक्षामा सहभागी रहेको वोर्डले जनाएको छ।

 त्यस्तै नियमिततर्फ ३८ जना , ग्रेड वृद्धितर्फ ३ र आंशिकतर्फ २ जना गरि ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको जनाउँदै वोर्डले यसपटक देखि लागु भएको ग्रेडिङ पद्धति २०७८ अनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी ९नन ग्रेडिङ० उल्लेख हुने र एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना हुन नपाउँने व्यवस्था गरेको छ भने दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षामा पुन सहभागी हुने पाउने जनाएको छ।

साथै प्रकाशित कक्षा १२ को नतिजा परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटको अलावा १६०१ मा एसएमएस बाट एनइबी टाइप गरी समेत जानकारी लिन सकिने जनाएको  छ।