आइतवार, बैशाख १६, २०८१

यस्तो छ मन्त्रिपरिषद् बैठकमार्फत भएका विभिन्न १२ बुँदे निर्णय

काठमाडौ भाद्र १४ ,
मन्त्रिपरिषद्को सोमवार बसेको बैठक मार्फत भएका विभिन्न १२ बुँदे निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको भएको जानकारीदिनुभएकोछ ।

त्यस्तै बैठकले भाद्र २४ गतेदेखि २६ गतेसम्म भुटानमा आयोजना हुने इसिमोडको ५३औं बोर्ड अफ गभर्नरको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेललाई स्वीकृति प्रदान गर्ने ,उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्र्तगत का आयोजना प्रयोजनका लागि राजपत्राङ्कित २८ र सातौ तहका २ सहित ३० पदको दरबन्दी स्वीकृत गर्ने उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय मातहतका आयोजनाका लागि विभिन्न सेवा समूह उप समूह र श्रेणीका राजपत्राङ्कित अधिकृत तहका ४३१ अथायी दरबन्दी स्वीकृत र कृषि तथा पशुपन्छी मन्त्रालय मातहतका आयोजनाका लागि ५० राजपत्राङ्कित दरबन्दी स्वीकृत गर्ने निर्णय गरको जानकारीदिनुभयो ।

साथै उहाँले जि टु जी सम्झौता अन्र्तगत भारत सरकारसंग भएको मल खरिद गर्न कृषि सामाग्री कम्पनीलाइ अख्तियारी दिने निर्णय संगै वन तथा वातावरण मन्त्रालयल अन्र्तगत ४७राजपत्राङ्कित अस्थायी र शिक्षा मन्त्रालय अन्र्तगत १०५ राजपत्राङ्कित दरबन्दी स्वीकृत गर्ने निर्णय भएको बताउनुभयो ।