सोमवार, बैशाख १७, २०८१

नेपाल वारले महाअभियोग सिफारिस समितिमा बुझायो जबराविरुद्ध महाभियोग पुष्टि हुने प्रमाण

काठमाडौ भाद्र १२,
सर्वोच्चका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाइ महाअभियोग सिफारिस समितिले भाद्र १५ गते निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानका बोलाउने निर्णय गरेसंगै नेपाल बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने ३४ बुँदे प्रमाणसहितको पत्र सङ्घीय संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजातसहितको पत्र आज समितिमा बुझाएको हो । पत्रमा प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ बमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरू पठाइएको नेपाल बारको पत्रमा उल्लेख गरिएको छ ।