सोमवार, बैशाख १७, २०८१

देशभर पूर्ण बदलीसंगै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना 

काठमाडौं भाद्र १२ ,
जल तथा मौसम विज्ञान विभागले देशभर सामान्यदेखि पूर्ण बदलीसंगै सात प्रदेश मध्ये बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकाध स्थान संगै बाँकी दुइ प्रदेशका एकाध स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्ते विभागले भारी वर्षाको सम्भावना रहेका यी प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन÷ यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत विभागले अनुरोध गरेको छ ।