सोमवार, बैशाख २४, २०८१

आइतवार बस्ने राष्ट्रियसभाको बैठकको यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं भाद्र ११ ,
आइतबार दिनको १ बजे बस्ने राष्ट्रियसभाको बैठकका लागि बस्ने, सङ्घीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक कार्यसूची अनुरुप बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्य सूची रहेको छ ।

त्यस्तै बैठकमा प्रतिनिधिसभमा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बीमा विधेयक, २०७५’, ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश र राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६’ लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै नेपाल नागरिकता [पहिलो संशोधन] विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकका आन्य कार्यसूचीमा राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘शपथसम्बन्धी विधेयक, २०७८’, ‘तथ्याङ्क विधेयक, २०७६’, ‘स्ट्याण्र्डड नाप र तौल [पाँचौँ संशोधन] विधेयक २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६’ का बारेमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ ।

साथै बैठकमा ‘ शिक्षामन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ माथि प्रतिनिधिसभाबाट भएको संशोधन माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको जारी सूचनामा उल्ल्ेख गरिएको छ ।