सोमवार, बैशाख २४, २०८१

थप १७३ जनामा कोभिड सङ्क्रमण पुष्टि

काठमाडौं भाद्र ११ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार ८३९ जनाको कोभिड नमुना परिक्षण गर्दा पीसीआर तर्फ ६५ र एन्टिजेन परीक्षणतर्फ १०८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा ३९६ जना सङ्क्रमणमुक्त हुनुको अलावा यसवीचमा मृत्युदर शून्य रहेको जनाएकोछ । साथै मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ६१२ जना रहेको समेत जानकारी मन्त्रालयले दिएको छ।