सोमवार, बैशाख २४, २०८१

पिताप्रति सम्मानभाव सहित आज कुशे औँशी पर्व मनाइदै

काठमाडौं भाद्र ११,
आज भाद्र कृष्ण औँसी अर्थात देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने भगवान् विष्णुको प्रतीकका रुपमा रहेको कुस घर–घरमा भित्र्यानुको अलावा आजको दिन दिने पिताप्रति सम्मानभाव प्रकट गर्दै मनाइदै छ ।

यसैवीच आजकै दिन पितृदेवो भव’ भन्ने धार्मिक मान्यता अनुसार आ–आफ्ना पिताजीलाइ लाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने प्रचलन अनुरुप पिताप्रति सम्मानभाव समेत प्रकट गर्ने गर्दछन् ।

तर पिताजी नहुनेहरुले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । यस क्रममा विशेषगरी गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्ड तथा सिदादानका लागि विशेष मेला लाग्ने गर्दछ ।