सोमवार, बैशाख २४, २०८१

मतपत्रमा उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै चुनाव चिन्ह राख्ने आयोगको तयारी

काठमाडौं भाद्र ५ ,
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै रहेको मतपत्र बनाउँने भएको छ। यसअघिको निर्वाचनमा दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिन्ह राखेर मतपत्र छपाइ गरिएको र यसरी मत पत्र छपाइ गर्दा मतपत्र छपाइ गर्दा मतपत्र  भद्धा भएको र बदरको सङ्ख्या पनि बढाएको निष्कर्ष सहित आयोगले मतपत्रमा नयाँ व्यवसथ गर्न लागेको हो ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा पहिलो हुने, निर्वाचित हुने [प्रत्यक्ष] तर्फ उम्मेदवारी दिने उम्मेदवार र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको निर्वाचन चिन्ह समावेश गरेर मतपत्र छपाइ गरिने बताउनुभयो ।

त्यस्तै आयोगले आसन्न निर्वाचनका लागि सङ्घीयको १६५, प्रदेशतर्फ ३३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५०३ प्रकारका मतपत्र छपाइ हुने जानकारी दिदै मतदान केन्द्रमा ४ वटा अलग अलग मतपत्र, मतसंकेत गर्ने स्थान र मतपेटिकाको व्यवस्था गरिने जनाएको छ।