सोमवार, बैशाख २४, २०८१

२८६ जनामा सङ्क्रमण,४७९ जना सङ्क्रमणमुक्त

काठमाडौं भाद्र ५ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले का अनुसार कुल ३ हजार ४२३ कोभिड परीक्षण गर्दा पीसीआर तर्फ २०२ र एन्टिजेन तर्फ ८४ जना गरि २८६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यस्तै मन्त्रालयले यसवीचमा ४७९ जना सङ्क्रमणमुक्त भएको जानकारी दिनुको अलावा अझै ४ हजार ३४८ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।