सोमवार, बैशाख २४, २०८१

आजबाट २७ जिल्लामा ५ देखि १२ वर्षमुनिका बालबालिका लक्षित कोभिड खोप अभियान सञ्चालन हुँदै

काठमाडौं भाद्र५,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बाट ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर कोभिड खोप अभियान सञ्चालन गर्दैछ । आगामी ११ गतेसम्म पहिलो र भाद्र २७ गतेबाट असोज १ गतेसम्म दोस्रो डोजको अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ।

कोभिड विरुद्धको फाइजरको खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्नो बच्चालाई लगाउन मन्त्रालयले आग्रह गर्दै यसअघि सरकारले २७ जिल्लाका बालबालिकालाई पहिलो र दोस्रो मात्रा खोप दिइसकेको जानकारी दिएको छ। प्रस्तुत खोप अभियान अन्र्तगत नजिकैको वडा कार्यलय वा विद्यालयमा सम्पर्क गरेर खोप लगाउन सकनिे समेत मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार खोप सञ्चालन हुने जिल्लामा प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेहथुम र उदयपुर छन्। त्यसैगरी, मधेश प्रदेशका बारा रौतहट, सर्लाही गरी तीन जिल्ला छन्। बाग्मती प्रदेशका रामेछाप, दोलाख, धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक छ जिल्ला रहेको जनाउको छ।
त्स्तैगरि गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप अभियान सञ्चालन हुनेछ। लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम छन् भने कर्णाली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट रहेका छन्। साथै सुदूरपश्चिम प्रदेश अन्र्तगत अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुने जनाएको छ।