सोमवार, बैशाख २४, २०८१

काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं भाद्र ५,
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको शनिवार निधन भएपछि कांग्रेसले आइतवार  बैठक १०:३० का लागि बस्ने  गरि  आकस्मिक बैठक बोलाएको छ ।  भारतमा घाँटीको क्यान्सरको उपचार गरी नेपाल फर्किएका गिरीको शनिवार राति मेडिसिटी अस्पतालमा उपचार क्रममा निधन भएको हो ।

कांग्रेसले मुख्यालयमा वोलाइएको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक मार्फत पार्टी केन्द्रीय सदस्य गिरीको शोक प्रस्ताव पारित गर्ने र स्व गिरीको पार्थिव शरीर ११: ३० बजे देखि दिउँसो २ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने काँग्रेस मुख्यालयले जनाएको छ।