शुक्रबार, बैशाख १४, २०८१

सत्ता गठबन्धन कार्यदलको बैठक : चुनावी तालमेलका मोडालिटीबारे छलफल

काठमाडौं साउन २६ ,
आसन्न संघ प्रदेशसभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन अन्र्तगत सिट बाँडफाँटको प्रारम्भिक खाका बनाउँन बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलको दोस्रो बैठक ठोस निर्णय विनानै सकिएको छ।

प्रधानमन्त्रीको सरकारी निबालुवास वाटारमा बसेको आजको बैठकले आसन्न् निर्वाचन लक्षि हुँदै चुनावी तालमेलका विभिन्न मोडालिटीबारे छलफल गरेको भए पनि नितिगत निर्णय भने गर्न नसकेको बताइएकोछ । स्मरण रहोस कार्यदललाइ आगामी निर्वाचनमा सिट बाँडफाँटको खाका  सहितको  प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएकोछ ।

कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक पछि पत्रकारहरुसंग सक्षिप्त कुरा गर्दै आजको बैठकमा तालमेलका मोडालिटीबारे सकारात्मक छलफल भएको जानकारीदिदै छलफलको निष्कर्ष अनुरुप कार्यदललाई प्राप्त कार्यादेश अनुरुप प्रतिवेदन तयार गरि शिर्ष नेतृत्वलाइ बुझाइने बताउँनुभयो ।

काँग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदलमा काँग्रेसबाट गगन थापा र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्। माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य रहनुभएको छ ।