बुधबार, अशोज १२, २०७९

एमाले केन्द्रीय सचिवालय बैठक: केन्द्रीय चुनावी घोषणापत्र मस्यौदा र निर्वाचन परिचालन समिति गठन

काठमाडौं साउन २६ ,
नेकपा एमालेको आज बसेको बसेको केन्द्रीय सचिवालय बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित हुँदै
केन्द्रीय निर्वाचन परिचालन र चुनावी घोषणापत्र मस्यौदा समितिको गठन संगै थप विविध निर्णयहरु गरेका छन ।

पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठक पछि पार्टीका उपमहासचिव एवम प्रचार तथा प्रकाशा विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङ्गले जारी गर्नुभएको विज्ञप्तिमा पार्टी अध्यष् केपी ओलीको अध्यक्षतामा क्रमस वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहने गरि ८ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा समिति गडन गरेको उल्लेख गरिएको छ।

त्यस्ते विज्ञप्तिमा पार्टी अध्यक्ष ओलीकै नेतृत्वमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू रहने गरि केन्द्रीय निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको उल्लेख रहेको छ।

त्यस्तै बैठकले केन्द्रीय कमिटीमा जीन गौतम दाङ्ग, वृजेशकुमार गुप्ता कपिलवस्तु धर्म दत्त देवकोटा वारा अमृवराजवंशी झापा लाइ मनोनयन गरेको छ भने नवराज पौडेल बाग्लङ्ग लाइ सल्लाहकार परिषद सदस्यमा मनोनयन गरिएको उल्लेख गरिएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031