मङ्लबार, चैत्र ६, २०८०

प्रमुख प्रतिपक्षी दल एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं साउन २४ ,

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न् संघ र प्रदेशसभाको निर्वाचनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ । मङ्सिर ४ गते निर्वाचन तोकिएपछि आयोगले दल दर्ताका लागि गरेको आव्हान अनुरुप एमालेका नेता र कार्यकर्ताको टोलीसहित राजधानीको जमलस्थित आयोगको कार्यालयमा पुगेर आज दल दर्ताका लागि आवेदना दर्ता गराएको हो ।

दर्तापछि प्रतिक्रिया दिँदै एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरू निर्वाचनमा विना उद्देश्य गठबन्धन गरेर जाने पक्षमा नरहेको बताउनुभयो ।